नेकपाले सभामुख छान्न नसके संसद हामी चलाउँछौं : सभापति देउवा

नेकपाले सभामुख छान्न नसके संसद हामी चलाउँछौं : सभापति देउवा


काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले संसद चलाउन नसके कांग्रेसले संसद चलाउने बताएका छन् ।

बुधबार मोरङमा पत्रकारहरूसँग कुरा गर्दै सभापति देउवाले हिउँदे अधिवेशन सुरु भएको महिनादिन वितिसक्दा पनि सभामुखको टुंगो लगाउन नसकेको भन्दै नेकपाले सभामुख टुंगो लगाउन नसके संसद चलाउने जिम्मा आफुहरुलाई दिन आग्रह गरे ।

‘नेकपामा सभामुख चयनले संसद बन्धक भएको छ । उहाँहरू मिल्दै नमिल्ने हो भने हामी संसद चलाइदिन्छौं,’ देउवाले भने । देउवाले चाँडै सभामुखको टुंगो लगाई संसद सञ्चालनको वातावरण बनाउन नेकपालाई आग्रह समेत गरे ।

नेकपाभित्र आन्तरिक विवादका कारण सभामुख चयन प्रक्रिया लम्बिएको छ । पुस ४ गतेपछि तीन पटक सूचना टाँसेर संसद बैठक स्थगित गरिँदै आएकोमा अर्को बैठक माघ ६ गते दिउँसो १ बजेलाई बैठक बोलाइएको छ ।