कांग्रेस सिन्धुपाल्चोक सभापतिमा जंगबहादुर तामाङ विजयी

कांग्रेस सिन्धुपाल्चोक सभापतिमा जंगबहादुर तामाङ विजयी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक – नेपाली कांग्रेस सिन्धुपाल्चोक सभापतिमा संस्थापन पक्षका जंगबहादुर तामाङ विजयी भएका छन् । दाेस्राे चरणकाे निर्वाचनमा संस्थापनइतरका निकटतम प्रतिस्पर्धी वंशलाल तामाङलाई ६४ मतान्तरले पछाडि पार्दै जंगले जित हासिल गरेका हुन् ।

कुल १७ सय ८७ मतमा जंगबहादुरले ९१२ मत पाउँदा वंशलालले ८४८ मत प्राप्त पाएकाे निर्वाचन अधिकृत बेदबहादुर महतले जानकारी दिए ।

यसअघि शनिबार भएको निर्वाचनमा सभापतिमा तीन जना उम्मेदवार रहेका थिए । सो निर्वाचनमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत प्राप्त गर्न नसकेपछि आइतबार पुनः मतदान भएकाे थियाे । प्रेमध्वज लामा पहिलाे चरणबाट बाहिरिएका थिए ।

पहिलो चरणमा दोस्रो भएका वंशलाललाई प्रेमध्वजले समर्थन गरेका थिए । तर पनि उनले जित हात पार्न सकेनन् ।पूर्वजिल्ला सभापति तथा जिल्लाको क्षेत्र नम्बर १ मा एकछत्र राज गर्दै आएका मोहनबहादुर बस्नेत हाबी हुँदा याे स्थिति बनेकाे नेताहरू बताउँछन् ।