दलीय आवद्धता त्यागेर निष्पक्ष बैठक संचालन गर्न सभामुखलाई कांग्रेसको आग्रह

दलीय आवद्धता त्यागेर निष्पक्ष बैठक संचालन गर्न सभामुखलाई कांग्रेसको आग्रह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि संसदीय समिति गठनको मागमा अडिग रहने निर्णय गरेको छ ।

शुक्रबार बिहान बसेको संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रमुख सचेतक रमेश लेखकले सहकारी ठगि प्रकरणमा गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रशस्त प्रमाण देखिएकाले यस विषयमा छानबिन गर्नुपर्ने बताएका हुन् ।

साथै कांग्रेसले सहकारीको रकम ठगि गरेका मानिसहरुलाई बचाउन सरकार लागेको भन्दै त्यस्तो नगर्ने चेतावनी समेत दिएको छ ।

कांग्रेसले बिहीबार संसदमा भएको घटनाको जिम्मेवारी सभामुखको भएको निष्कर्ष निकालेको छ । सिंगो विपक्षी दल विरोधमा रहेको बेला सभामुखले संसद अगाडी बढाउन नसक्ने परम्परा विपरित गएको लेखकले बताए । कांग्रेसले सभामुखलाई दलीय आवद्धता त्यागेर निष्पक्ष भएर बैठक संचालन गर्न आग्रह समेत गरेको छ ।