कांग्रेस सांसद सुनील शर्मा पक्राउ

कांग्रेस सांसद सुनील शर्मा पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सत्तारुढ नेपाली कांग्रेसका सांसद सुनिल शर्मा पक्राउ परेका छन् ।शर्मालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्‍यूरो (सीआईबी)ले बिहीबार दिउँसाे गोल्फुटारस्थित निवासबाटै पक्राउ गरेको हो ।

मोरङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित शर्मा मेडिकल व्यवसायी हुन् । उनी काठमाडौं मेडिकल कलेज सिनामंगल र विराटनगरस्थित नोबल मेडिकल कलेजका सञ्चालक हुन् । उनलाई नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको अभियोगमा नियन्त्रणमा लिइएको प्रहरी स्रोतले जनाएको छ।