काठमाण्डु – नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्वव चयनका लागि गरिएको सुदूरपश्चिम प्रदेश अधिवेशनको मतदान कार्य सम्पन्न भएको छ ।
प्रदेश कार्यसमिति चयनका लागि आज भएको मतदानमा १ हजार ३ मत खसेको कांग्रेस निर्वाचन समितिले जनाएको छ । सो प्रदेशमा १ हजार २६ जना प्रतिनिधि मतदाताको रुपमा रहेका थिए । तर, २३ जना मतदानमा अनुपस्थित रहेका छन् ।
सुदूरपश्चिम प्रदेशको सभापतिका लागि संस्थापन पक्षबाट वीरबहादुर बलायर र संस्थापनइतर पक्षबाट नारायणदत्त मिश्र मैदानमा छन् । ५९ सदस्यीय कार्यसमितिका लागि कुल १ सय ७७ जना प्रतिस्पर्धामा रहेका छन् । जसमा ३ जना यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् ।
निर्वाचन समितिले पार्टी कार्यालयमा राति ९ बजेदेखि मतगणना सुरु गर्ने जनाएको छ ।




प्रतिक्रिया