कांग्रेस महाधिवेशन रोक्न माग गर्दै दायर भएको रिट न्यायाधीश ढुंगानाको इजलासमा

कांग्रेस महाधिवेशन रोक्न माग गर्दै दायर भएको रिट न्यायाधीश ढुंगानाको इजलासमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च अदालतमा दायर रिटको सुनुवाई आज हुँदैछ ।

कांग्रेसका बागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले महाधिवेशन रोक्न माग गर्दै दायर गरेको रिटमाथि बुधबार न्यायाधीश प्रकाश ढुंगानाको इजलासमा पेसी तोकिएको छ । १४ औँ महाधिवेशन अन्तर्गत भदौ १८ गतेदेखि सुरु भएको वडाहरुको अधिवेशन अहिले जारी छ ।

केन्द्रीय महाधिवेशन आगामी मंसिर ९ देखि १३ गतेसम्म तोकिएको छ । वैद्यले महामारीका बेला महाधिवेशन गर्दा लाखौँको स्वास्थ्य जोखिममा पर्ने उल्लेख गरेका छन् ।