चुनावी तालमेलको निर्णय केन्द्रले लाद्न नहुँने पौडेल समूहकाे निष्कर्ष

चुनावी तालमेलको निर्णय केन्द्रले लाद्न नहुँने पौडेल समूहकाे निष्कर्ष

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले स्थानीय तह निर्वाचनमा चुनावी तालमेलको निर्णय सम्बन्धित कार्यसमितिले नै गर्न पाउनुपर्ने निष्कर्ष निकालेको छ ।

पौडेल निवास बोहराटारमा शुक्रबार बिहान बसेको उक्त समूहको बैठकले आगामी बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा गरिने चुनावी तालमेलको निर्णय केन्द्रले लाद्न नहुने निष्कर्ष निकालेको हो ।

चुनावी तालमेलको निर्क्योल गरेर निर्णय गर्ने अधिकार केन्द्रले लाद्न नहुने निष्कर्ष निकालिएको छलफलमा सहभागी एक नेताले जानकारी दिए । भेलाले पार्टीको विधानअनुसार आसन्न निर्वाचनमा उम्मेदवारहरूलाई टिकट वितरण गर्नुपर्ने समेत निष्कर्ष निकालेको छ ।

भेलामा नेता पौडेलले आगामी निर्वाचनहरूमा चुनावी तालमेल आवश्यक रहेको बताएका छन् । ‘प्रधानमन्त्री बन्न र सरकार चलाउन मात्रै गठबन्धन बनेको होइन,’ पौडेलको भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘यो मिसनका लागि बनेको हो । गठबन्धन आवश्यक छ ।’

भेलामा सहभागी जिल्ला सभापतिहरूले नेता पौडेलसँग पार्टीले गर्ने निर्णय र सरकारले गर्ने कामलगायतका विषयमा आफूहरुलाई काखापाखा गरिएको गुनासो गरेका थिए ।