काठमाण्डु – राष्ट्रपति रामचन्द्र पौडेलले आह्वान गरेपछि प्रधानमन्त्रीमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नियुक्त गर्न बहुमत जुटाएर नेपाली कांग्रेस र एमालेले शुक्रबारै दाबी पेश गर्ने भएका छन् ।
शुक्रबार साँझ राष्ट्रपतिले आह्वान गरेर आईतबार साँझ ५ बजेसम्म समय भए पनि प्रमुख २ दल शुक्रबारै राति नै दाबी पेश गर्न शितलनिवास जाँदैछन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत नपाएपछि कांग्रेस र एमालेले दाबी पेश गर्नका लागि आवश्यक तयारी गरिसकेका छन् ।




प्रतिक्रिया