कांग्रेस-एमाले कार्यकर्ताबीच झडप हुँदा दुई जना घाइते

कांग्रेस-एमाले कार्यकर्ताबीच झडप हुँदा दुई जना घाइते

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जाजरकोट – मंगलबार राति १० बजेतिर सुर्खेतको सिम्ता गाउँपालिकामा कांग्रेस–एमाले कार्यकर्ताबीच झडप हुँदा दुई जना घाइते भएका छन् । घाइते हुनेमा नेकपा एमालेका कार्यकर्ता ३६ वर्षीय सुनिल विक र २६ वर्षीय इन्द्र विक छन् । दुवै जनाको नेपालगन्जमा उपचार भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, डीएसपी रामप्रसाद घर्तीका अनुसार आफ्ना कार्यकर्ता घाइते भएपछि एमालेका कार्यकर्ता आक्रोशित बनेका थिए । उनीहरूले केही बेर प्रहरीसँग विवाद पनि गरेका थिए ।

प्रहरी र एमाले कार्यकर्ताबीच विवाद हुँदा चार जना प्रहरी सामान्य घाइते भएको घर्तीले जानकारी दिए ।