अपडेट : ४२७६ मत गन्दा देउवालाई २०४६ ,कोइरालालाई १६१५

अपडेट : ४२७६ मत गन्दा देउवालाई २०४६ ,कोइरालालाई १६१५

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेस सभापतिका लागि भएको चुनावको मतगणना अन्तिम चरणमा पुगेको छ । जम्मा ४२७६ मत गणना भएको छ । अहिलेसम्म शेरबहादुर देउवाले २०४६ मत प्राप्त गर्दा शेखर कोइरालाले भने १६१५ मत प्राप्त गरेका छन् ।

त्यसैगरी प्रकाशमान सिंहले ३३५, विमलेन्द्र निधिले २३८ र कल्याण गुरुङले २० मत प्राप्त गरेका छन् । मंगलबार बिहान पौने ४ बजेदेखि मतगणना सुरु भएको हो । पहिलो चरणमा सभापतिको मतगणना सुरु भएको हो । बिहान ११ बजे सुरु भएको मतदान राति साढे ११ बजे सम्पन्‍न भएको थियो ।