कांग्रेस उपसभापति गच्छदारलाई पत्नीशोक

कांग्रेस उपसभापति गच्छदारलाई पत्नीशोक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारलाई पत्नीशोक परेको छ । उनकी धर्मपत्नी निर्मला गच्छदारको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा आज निधन भएको हो ।

कांग्रेस सभापति शेरबहादुर देउवाले निर्मला गच्छदारको निधनको खबरले आफू मर्माहित भएको जनाउँदै उहाँको आत्माको चीरशान्तिको कामनाका साथ शोकाकूल परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।