काठमाण्डु – नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनअन्तर्गत आजदेखि पदाधिकारीको मतगणना सुरु हुने भएको छ ।
केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेका अनुसार आज उपसभापति पदको मात्र मतगणना हुने भएको हो । पदाधिकारीको मतगणना कांग्रेस केन्द्रीय कार्यालय सानेपामा हुनेछ । मतपेटिकाहरू यसअघि नै सानेपा लगिएको छ ।




प्रतिक्रिया