कांग्रेस संसदीय दलको बैठक बस्दै,के छ छलफलको एजेण्डा ?


काठमाण्डु – नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्ने भएकाे छ। बैठक दिउँसो २ बजे संसद भवन नयाँबानेश्वरको ल्होत्से हलमा बस्ने भएकाे हाे।

शुक्रबारदेखि सुरु हुने बजेट अधिवेशनमा पार्टीले खेल्ने भूमिकाका विषयमा छलफल गर्न कांग्रेसले संसदीय दलको बैठक बोलाएको हो ।

कांग्रेसले सहकारी प्रकरणमा मुछिएको भन्दै गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न यस अघिको संसद अधिवेशन अवरुद्ध गरेको र शुक्रबारदेखि शुरु हुने बजेट अधिवेशन अवरुद्ध गर्ने बताउदै आएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement