काठमाण्डु – नेपाली काँग्रेसको आज बसेको केन्द्रीय कमिटी बैठक सकिएको छ । शु्रकबार पार्टी कार्यालय सानेपामा बसेको बैठक आइतबार बिहान ११ बजे पुनः बस्नेगरि सकिएको हो ।
आजको बैठकमा २० जिल्लामा खटिएका केन्द्रीय प्रतिनिधि, ६ प्रदेशका सभापति र गण्डकी प्रदेशका मुख्यमन्त्रीले आफ्नो धारणा राखेका थिए । धारणा राख्ने अधिकांशले आगामी वैशाख ३० गतेका लागि निर्धारण गरिएको स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्न नहुने बताएका थिए ।
बैठकमा अधिकांश प्रतिनिधिले तल्लो तहलाई जिम्मेवारी दिएर गठबन्धन गरेर जानुपर्ने धारणा राखेका थिए । सिन्धुलीका मुक्ता यादवले भने एमालेसँग गठबन्धन गर्नुपर्ने धारणा राखेकी थिइन् । बैठकमा महामन्त्री गगन थापाले बैठकका एजेन्डा प्रस्तुत गरेका थिए ।




प्रतिक्रिया