सर्वोच्चको फैसलापछि काँग्रेस शीर्ष नेता बूढानीलकण्ठमा, साँझ ५ बजे विपक्षी गठबन्धनको बैठक बस्दै

सर्वोच्चको फैसलापछि काँग्रेस शीर्ष नेता बूढानीलकण्ठमा, साँझ ५ बजे विपक्षी गठबन्धनको बैठक बस्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेपछि काँग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष नेताहरूलाई आफ्नो निवास बूढानीलकण्ठ बोलाएका छन् ।

काँग्रेसका शीर्ष नेताहरु देउवा निवास पुगिसकेका स्रोतले जनाएको छ । पार्टीका नेताहरूसँगको आन्तरिक छलफलपछि सभापति देउवाले विपक्षी गठबन्धनका नेताहरूसँग आजै छलफल गर्ने भएका छन् । पाँच दलीय गठबन्धनको बैठक साँझ ५ बजे सिंहदरबारमा बोलाइएको हो। सर्वोच्च अदालतले कांग्रेसका सभापति शेरबहादुर देउवालाई २८ घण्टाभित्र प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेको छ ।

सोमबार प्रतिनिधिसभा विघटनविरुद्ध गठन भएको संवैधानि इजलासले सभापति देउवालाई २८ घण्टाभित्र प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको हो । जेठ ७ मा मध्यराति प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रोपटक प्रतिनिधिसभा विघटन गरेकी थिइन् ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको नेतृत्वमा न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईले करिब एक महिनाको सुनुवाईपछि सोमबार फैसला सुनाएका हुन् ।