संविधान, गणतन्त्र र समावेशीताका लागि मतदानः बिमलेन्द्र निधि

संविधान, गणतन्त्र र समावेशीताका लागि मतदानः बिमलेन्द्र निधि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –  नेपाली कांग्रेसका पूर्व उपसभापति बिमलेन्द्र निधिले संविधान, लोकतान्त्रिक गणतन्त्र र समावेशीताको सुदृढीकरणका लागि बढिभन्दा बढी नागरिक मतदानमा सहभागी हुनुपर्ने बताएका छन् ।

धनुषा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर-३ को प्रदेशसभा १ स्थित नगराइन नगरपालिका-२ स्थित श्री राजेश्वर निधि मावी मतदान केन्द्रबाट मतदानपछि उनले निर्वाचन लोकतन्त्रको उत्सव भएकाले आम नागरिकलाई उत्साहपूर्वक आफ्नो प्रतिनिधि छान्न मतदानमा सहभागी हुन आग्रह गरे।

उनले अहिलेको निर्वाचन दुईवटा गठबन्धन चुनावी मैदानमा रहेको र जनताले स्थिर सरकार तथा सङ्घीयताको सुदृढीकरणका लागि आफ्नो अभिमत जाहेर गर्ने विश्वास व्यक्त गरे ।