भारतीय सञ्चार माध्यमबाट प्रशारित नेपाल लक्षित सामग्री आपत्तिजनक : फोनिज

भारतीय सञ्चार माध्यमबाट प्रशारित नेपाल लक्षित सामग्री आपत्तिजनक : फोनिज

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले भारतीय सञ्चार माध्यमबाट प्रशारण हुँदै आएको भ्रामक सामग्रीप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

पछिल्लोपटक भारतीय टेलिभिजन जी न्यूजले प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीलाई जोडेर नेपाल र नेपालीको आत्मसम्मानमा आघात पुर्याउने अभिप्रायले भ्रामक सामग्री प्रशारण गरेको भन्दै फोनिजले आपत्ति जनाएको हो ।

‘सार्वभौमसत्ता सम्पन्न राष्ट्र नेपालको अस्तित्व र आत्मसम्मानमा गम्भीर आघात पुर्याउने अभिप्रायले भारतीय सञ्चार माध्यमबाट भ्रामक सामग्री प्रशारण भएको र हुँदै आएको ठहर गर्दै फोनिज यस्ता कार्यको भर्त्सना गर्दछ,’ फोनिजका संगठन सचिव मिलन लिम्बूद्वारा शुक्रबार जारी विज्ञप्तिमा उल्लेख छ ।

नेपाललाई जोडेर भारतीय सञ्चारमाध्यमबाट हुँदै आएको गलत प्रचार निन्दनीय र आपत्तिजनक रहेको भन्दै पछिल्लो पटक प्रधानमन्त्री ओली र नेपालका लागि चिनियाँ राजदूतसँग सम्बन्धित आक्षेपपूर्ण समाचार प्रशारण हुनु त्यसैको निरन्तरता रहेको र उक्त कार्य प्रेसको विश्वव्यापी मान्यता विपरित रहेको जारी विज्ञप्तिमा उल्लेख छ ।