परीक्षा नियन्त्रण कार्यालयको लापरबाहीले नौ हजारको नतिजा अर्कै

परीक्षा नियन्त्रण कार्यालयको लापरबाहीले नौ हजारको नतिजा अर्कै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं  – एसईई नतिजा प्रकाशनमा परीक्षा नियन्त्रण कार्यालयको लापरबाहीले समग्र नतिजा नै परिवर्तन भएको छ। त्रुटि पत्ता लगाएपछि नौ हजार ६४ विद्यार्थीको ग्रेडसिटमा जीपीए थपघट भएको छ।

३.६५ देखि ४.० जीपीए, ३.२५ देखि ३.६० र २.८५ देखि ३.२० जीपीए प्राप्त गर्ने विद्यार्थीको नतिजामा फेरबदल आएको परीक्षा नियन्त्रण कार्यालयले दाबी गरेको छ। पहिलो दिन नतिजा प्रकाशन गर्दा ३.६५ देखि ४.० जीपीए प्राप्त गर्ने विद्यार्थीको संख्या १४ हजार ७ सय ७२ थियो। कार्यालयका अनुसार त्रुटि सच्याएपछि उक्त संख्या बढेर १८ हजार ४ सय ३५ पुगेको छ।

त्यस्तै ३.२५ देखि ३.६० जीपीए ल्याउने विद्यार्थीको संख्या ४८ हजार ९ सय ४१ छ। यसअघि ४७ हजार ८ सय ९६ जनाले मात्रै उक्त जीपीए प्राप्त गरेको तथ्यांक सार्वजनिक भएको थियो। २.८५ देखि ३.२० जीपीए प्राप्त गर्ने विद्यार्थीको संख्या भने ५१ हजार ७ सय ९ बाट घटेर ५१ हजार १ सय ५ भएको कार्यालयका प्रवक्ता डिल्ली लुइँटेलले जानकारी दिए। यो समाचारमा कान्तिपुर दैनिकमा छ।