कुलिङ पिरियड विवाद : संसदीय छानबिन समितिका ७ सदस्यमा को को परे ?

कुलिङ पिरियड विवाद : संसदीय छानबिन समितिका ७ सदस्यमा को को परे ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– निजामती सेवासम्बन्धी विधेयकमा उल्लेखित ‘कुलिङ पिरियड’ (सेवानिवृत्त भएपछि पुनः नियुक्तिको अवधि) को विषयमा उठेका विवादको छानबिन तथा अध्ययन गर्न प्रतिनिधिसभाले विशेष संसदीय समिति गठन गरेको छ।

सोमबार मध्यान्ह बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा ५ दलका प्रमुख सचेतकले समितिमा रहने सदस्यहरूको नाम सभामुख देवराज घिमिरेलाई बुझाएका हुन्।

नेपाली कांग्रेसले जीवन परियार र शुशिला थिङलाई समितिमा पठाएको छ। नेकपा माओवादी केन्द्रबाट माधव सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट सोविता गौतम र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट रोशन कार्की सदस्यको रूपमा चयन भएका छन्।

एमालेबाट सांसद नारायणप्रसाद आचार्य र ईश्वरी घर्तीको नाम दिइएको छ ।

समितिलाई छानबिन तथा अध्ययनका लागि १५ दिनको समय दिइएको छ।