काठमाण्डु– सङ्घीय निजामती सेवा विधेयकको दफा ८२ अन्तर्गतको ‘कुलिङ अफ पिरियड’ व्यवस्थामा भएको संशयबारे छानबिन गर्न गठित संसदीय विशेष छानबिन समितिले आफ्नो प्रतिवेदन सभामुख देवराज घिमिरेलाई बुझाएको छ।
मंगलबार संसद् भवनस्थित शंकर हलमा आयोजित कार्यक्रममा समितिका सभापति जीवन परियारले प्रतिवेदन औपचारिक रूपमा सभामुखलाई हस्तान्तरण गरेका हुन्।
प्रतिवेदन आजैको प्रतिनिधिसभा बैठकमा पेस गरिने कार्यतालिका संघीय संसद् सचिवालयले सार्वजनिक गरिसकेको छ।
समितिले विधेयकमा गरिएको संशोधन प्रक्रियामा पारदर्शिता र विधिसम्मतता कायम भएको वा नभएको विषयमा अनुसन्धान गरी प्रतिवेदन तयार पारेको हो।




प्रतिक्रिया