प्रतिनिधिसभामा कुलिङ पिरियड छानबिन समितिको प्रतिवेदन पेस

प्रतिनिधिसभामा कुलिङ पिरियड छानबिन समितिको प्रतिवेदन पेस

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– ‘कुलिङ पिरियड’ छेडखानीबारे छानबिन गर्न बनेको संसदीय विशेष छानबिन समिति’को प्रतिवेदन प्रतिनिधिसभामा पेस भएको छ ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा छानबिन समितिका सभापति जीवन परियारले प्रतिवेदन पेस गरेका हुन् ।

गत असार २३ गते समिति गठन भएको थियो । सात सदस्यीय समितिका सभापतिमा परियार थिए ।

समितिलाई पहिला २१ दिन समय दिइएको थियो । पछि ७ दिन थपिएको थियो । त्यो समय साउन १८ गते नै सकिए पनि मंगलबार मात्रै प्रतिवेदन सभामुखलाई बुझाएको थियो ।

प्रतिवेदनमा ६ परिच्छेद र ४ अनुसूची समावेश गरिएको सभापति परियारले जानकारी दिए ।

समितिले सङ्घीय निजामती सेवा विधेयकमा राखिएको ‘कुलिङ अफ पिरियड’मा छेडखानी भएको विषयमा राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडा र समिति सचिव सुरजकुमार दुराले नैतिक जिम्मेवारी लिनुपर्ने निष्कर्ष निकालेको छ ।