कोपा अमेरिकाबाट नेयमार बाहिरिए


ब्रासिलिया – ब्राजिलका विश्वप्रसिद्ध फुटबल खेलाडी नेयमार खुट्टाको चोटका कारण कोपा अमेरिका कपबाट बाहिरिएका छन् ।

कतारसँग खेलिएको मैत्रीपूर्ण फुटबल खेलमा नेयमारको घुँडामा चोट लागेको थियो । ब्राजिली फुटबल महासंघले जारी गरेको वक्तव्यमा नेयमारको चोट निकै गम्भीर किसिमको भएकाले कोपा अमेरिका कपमा सहभागी हुने सम्भावना नरहेको उल्लेख छ ।

एक साताभित्रै शुरु हुन लागेको दक्षिण अमेरिकाको यस प्रतिष्ठित प्रतियोगितामा नेयमारको अनुपस्थितिले ब्राजिलमाथि ठूलो चुनौती थपिएको छ । नेयमार विश्वकै सर्वा्धिक सफल एवं महङ्गा खेलाडीमध्येका एक हुन् । बुधबार राति ब्रासिलियाको मेन गारिन्चा रंगशालामा कतारसँगको खेलमा २० मिनेटभित्रै नेमार चोटग्रस्त भएका थिए ।

उनी हाल फ्रान्सेली क्लब पेरिस सेन्ट जर्माइनबाट खेल्छन् । नौ दिनपछि नै कोपा अमेरिका कपमा ब्राजिलको पहिलो खेल बोलिभिया विरुद्ध रहेको छ । कोपा अमेरिकाको आयोजक राष्ट्र पनि ब्राजिल नै हो । सन् २००७ यता ब्राजिलले कोपा अमेरिका कप जित्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस
Advertisement