अब दैलेखमा कोरोना परीक्षण हुने, पिसिआर मेसिन सञ्चालन

अब दैलेखमा कोरोना परीक्षण हुने, पिसिआर मेसिन सञ्चालन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दैलेख – सात जनाको स्वाब सङ्कलन गरेर पिसिआर मेसिनको औपचारिक परीक्षण शुरु गरिएको छ । दैलेखका राजनीतिक दल, नागरिक समाज, पत्रकार, उद्योगीव्यवसायीको प्रतिनिधिमूलक रुपमा स्वाब सङ्कलन गरिएको हो ।

भेरी अञ्चल अस्पताल नेपालगञ्जका निर्देशक डा प्रकाश थापाले परीक्षणको स्थलगत अध्ययनसमेत गरेका छन् । आजदेखि नियमित रुपमा पिसिआरबाट कोरोना परीक्षण गरिने स्वास्थ्य सेवा कार्यालय दैलेखका प्रमुख डा निरञ्जन पन्तले जानकारी दिए ।

दैलेखमा ७३२ जनामा कोरोना संक्रमण देखिएको छ । कोरोना देखिएकामध्ये १६ दिनसम्म आइसोलेशन अस्पतालमा बसेर कुनै पनि लक्षण नदेखिएपछि आधाभन्दा बढी घर फिर्ता भइसकेका छन् ।