एजेन्सी – रुसले कोरोना भाइरसको खोप उत्पादन सुरु गरेको छ । रुसी स्वास्थ्य मन्त्रालयले ‘स्पुतनिक भी’ नामक उक्त खोपको उत्पादन सुरु गरेको जनाएको हो ।
सोभरेन वेल्थ फन्डका निर्देशक किरिल दिमित्रेभले २० वटा देशबाट खोपको एक अर्ब डोजको माग आएको बताएका छन् । खोप अगस्ट महिनाको अन्त्यसम्ममा उपलब्ध हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ।
स्वास्थ्य मन्त्रालयले भनेको छ, ‘गमलेया रिसर्च इस्न्टिच्यूटले नोवल कोरोना भाइरस खोपको पहिलो ब्याच उत्पादन गरेको छ ।’
रुसले सुरुमा स्वास्थ्यकर्मी र शिक्षकहरूलाई खोप लगाइने जनाएको छ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले उक्त खोप कोरोना भाइरसविरुद्ध उपर्युक्त हुने दाबी गरेका छन् ।
उनले कोरोना भाइरसबाट संक्रमित आफ्नी छोरीलाई उक्त भ्याक्सिन दिएको र शरीरमा एन्टीबडी बनेको बताएका थिए ।




प्रतिक्रिया