कोरोना बिमा गरे १ लाख पाइने

कोरोना बिमा गरे १ लाख पाइने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपालमा कोभिड–१९ को संक्रमण बढेसँगै चार साताभित्र ५७ हजार ९ सय जनाले कोरोना बिमा गरेका छन् । गत ४ वैशाखदेखि नेपाल बिमा समिति र नेपाल बिमक संघले सुरु गरेको कोरोना बिमाबाट २ करोड ८७ लाख रुपैयाँ बिमा शुल्क संकलन भएको छ ।

मुलुकभर कोरोनाका कारण बिरामी बढेसँगै कोरोना बिमा गर्नेको संख्या बढेको छ । १ हजार रुपैयाँमा बिमा गरेपछि १ लाख रुपैयाँ प्राप्त हुने भएकाले यसप्रति आर्कषण बढेको हो । यो समाचार आजको राजधानी दैनिकमा छ ।