एजेन्सी – बेलायतमा एकै दिनमा ३७ हजार भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । ती सङ्क्रमितहरु पछिल्लो २४ घन्टामा थपिएका अन्तराष्ट्रिय समाचार माध्यमहरुले जनाएका छन् ।
प्राप्त समाचारअनुसार यहाँ आइतबार मात्र ३२ हजार ४१७ जना सङ्क्रमित भेटिएकामा त्यो संख्या बढेर सोमबार ३७ हजार ९६० जना पुगेको हो ।
त्यसैगरी यहाँ गएको २४ घण्टा यतामात्र ४० जनाको कोरोना संक्रमणबाट मृत्यु भएको जनाइएको छ । यहाँ अहिलेसम्म ७६ लाखभन्दा बढी मानिस संक्रमित भएका छन् ।




प्रतिक्रिया