२० मुलुकमा फैलियो कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोन

२० मुलुकमा फैलियो कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –  हाल कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन विश्वका कयौँ देशहरुमा भेटिएको छ । कोरोना भाइरसको उक्त भेरियन्ट बुधबारसम्म २० देशमा फेला परिसकेको छ । विश्व स्वास्थ्य संगठनले उक्त भाइरसले महामारिको रुपसमेत लिन सक्ने चेतावनी दिएको छ ।

सो नयाँ भेरिएन्टको असरबारे विस्तृत बुझ्न अझै एकसाता लाग्ने जनाइएको छ । थप मुलुकहरुमा भाइरस फैलिन थालेलगत्तै नेपाल र दक्षिण छिमेकी मुलुक भारतले अन्तर्राष्ट्रिय सीमा र उडानमा कडाइ गर्न थालेका छन् भने अफ्रिकी मुुलुकहरुको उडानलाई रोक लगाएका छन् ।

अहिलेसम्म दक्षिण अफ्रिकामा ७७, बोत्स्वानामा १९, बेलायतमा १४, नेदरल्यान्ड्समा १४, पोर्चुगलमा १३ जनामा संक्रमण भेटिएको छ । त्यसैगरी जर्मनी, इटाली, अष्ट्रेलिया, क्यानडा, हङकङ, डेनमार्क, इजरायल, जापान, फ्रान्स, चेक रिपब्लिक, बेल्जियम, अष्ट्रिया, स्वीडेन, स्पेन र दक्षिण कोरियामा एक-एक संक्रमण पुष्टि भएको छ ।