२६ विद्यार्थी र दुई शिक्षकमा कोरोना संक्रमण पुष्टि, विद्यालय नै बन्द

२६ विद्यार्थी र दुई शिक्षकमा कोरोना संक्रमण पुष्टि, विद्यालय नै बन्द

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बागलुङ – जिल्लाको बागलुङ नगरपालिका–१३ बलेवामा रहेको त्रिभुवन माध्यमिक विद्यालयका २८ जनामा कोरोना संक्रमण देखिएको छ । विद्यालयमा अध्ययनरत विद्यार्थी र अध्यापनरत शिक्षक गरी ८२ जनाको स्वाब संकलन गरी पिसिआर परीक्षण गर्दा २६ जना विद्यार्थी र दुई जना शिक्षकमा कोरोना संक्रमण पुष्टि भएको हो ।

नगर स्वास्थ्य अधिकृत रामप्रसाद खनालका अनुसार सुरुमा दुई जना शिक्षक र एक जना विद्यार्थीमा कोरोना सङ्क्रमणको पुष्टि भएपछि थप विद्यार्थीको पिसिआर परीक्षण गर्दा अरू २५ जनामा पनि सङ्क्रमणको पुष्टि भएको जनाइएको छ । उक्त जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि विद्यालय बन्द गरिएको छ ।