काठमाण्डु – कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोन फैलिन थालेपछि विदेशबाट आउनेले अनिवार्य होटल क्वारेन्टाइन बस्नुपर्ने नियम बनाएको अध्यागमन विभागले १ दिन नबित्दै यो व्यवस्था स्थगित गरेको छ ।
विभागले शुक्रबार मात्र ६७ वटा देशबाट आउनेले अनिवार्य होटल क्वारेन्टाइन बस्नुपर्ने नियम लागू गरेको थियो । हिजो विभागले एक सूचना जारी गर्दै ६७ वटा देशबाट आउनेहरुले अनिवार्य रुपमा ७ दिन होटल क्वारेन्टाइन बस्नुपर्ने र त्यसपछि आरट पीसीआर परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आए सात दिन होम क्वारेन्टाइनमा बस्नुपर्ने बताएको थियो ।
विभागका अनुसार यी ६७ देशहरु स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिचान गरी उपलब्ध गराएको सूचीअनुसार जोखिमयुक्त देशहरु भनिएको थियो । विभागले हिजो लागू गरेको नयाँ नियममा यसरी होटल क्वारेन्टाइन बस्दा यात्रुले आफ्नै खर्चमा बस्नुपर्ने भनेको थियो । तर, शनिबार अर्को सूचना जारी गर्दै विभागले ७ दिनको अनिवार्य होटल क्यारेन्टाइनको व्यवस्था अर्को सूचना जारी नभएसम्मको लागि स्थगित गरिएको जनाएको छ ।




प्रतिक्रिया