काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा थप २२० जनामा कारोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ७ सय २५ जनाको पीसीआर परीक्षण गर्दा २१८ जना र १ हजार ४१६ जनाको एन्टिजेन परीक्षण गर्दा २ जना गरी २२० जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १ जनाको मृत्यु छ आज देशभर २६३ जना कोरोना संक्रमित निका भएका छन् । आइतबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख २१ हजार ९३७ पुगेको छ । योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ५७४ पुगेको छ भने ८ लाख ९ हजार १५५ जना संक्रमणमुक्त भएका छन् ।




प्रतिक्रिया