पछिल्लो २४ घण्टामा २१९ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा २१९ जनामा कोरोना संक्रमण पुष्टि


काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका २ सय १९ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ९ हजार ६ सय ७७ जनामा परिक्षण गर्दा आज २ सय १९ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै कुल संक्रमितको संख्या ८ लाख २७ हजार २ सय ७१ पुगेको छ । त्यस्तै, आज २ सय ८३ जना संक्रमणमुक्त भएका छन् । हालसम्म आठ लाख १० हजार ७ सय ८० जना संक्रमणमुक्त भएका छन् ।