शुक्रबार १२६ जनामा कोरोना संक्रमण पुष्टि

शुक्रबार १२६ जनामा कोरोना संक्रमण पुष्टि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा थप १२६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार दिएको जानकारीअनुसार गत २४ घण्टामा ७ हजार ९१ पीसीआर तथा १ हजार ८४२ एन्टिजेन परीक्षण गर्दा १२६ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै आज ३ सय ८५ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

योसँगै हाल देशभर ७ हजार २४२ जना सक्रिय संक्रमित रहेका छन । त्यस्तै आज कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ । यससँगै हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ९४५ पुगेको छ ।