शनिबार ४३८ जनामा कोरोना संक्रमण पुष्टि

शनिबार ४३८ जनामा कोरोना संक्रमण पुष्टि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा ४३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीन हजार ६९९ स्वाब परीक्षण गर्दा ४३८ जनामा कोरोना पुष्टि भएको हो । आज एक हजार ७७९ जनाको पीसीआर परीक्षण गर्दा २९२ जनामा र एक हजार ९२० जनाको एन्टिजन परीक्षण गर्दा १४६ जनामा कोरोना देखिएको मन्त्रालय जनाएको छ ।

आज देशभर २७७ जना कोरोना संक्रमित निको भएका छन् । यससँगै सक्रिय संक्रमितको संख्या चार हजार ३६९ पुगेको छ । त्यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु भएको छ ।