काठमाण्डु- नेपाली कांग्रेसका नेता तथा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्यमा केही समस्या देखिएपछि मंगलबार साँझ ह्याम्स हस्पिटलमा स्वास्थ्य परिक्षण गर्दा उनलाई कोरोना देखिएको हो । उनी अहिले आफ्नो निवासमा आइसोलेसनमा रहेको पारिवारिक स्रोतले जनाएको छ । अहिले उनको स्वास्थ्य अबस्था सामान्य छ ।




प्रतिक्रिया