कोरोना संक्रमण देखिएकी ७४ वर्षीय महिलाको मृत्यु

कोरोना संक्रमण देखिएकी ७४ वर्षीय महिलाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– पोखरामा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।

पोखरास्थित चरक अस्पतालमा उपचारका क्रममा कोरोना पोजेटिभ देखिएकी ७४ वर्षीय एक महिलाको मृत्यु भएको हो ।

मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीका महानिर्देशक खिमबहादुर खड्काले जानकारी दिए ।

८ दिन अघि कोरोना संक्रमण देखिएकोमा उनको हिजो मृत्यु भएको महानिर्देशक खड्काले बताए ।

उनलाई उच्च रक्तचाप र मधुमेह पनि देखिएको अस्पताल प्रशासनले जनाएको छ ।