कोरोनासँग लड्न ट्रम्पको १ लाख डलर सहयोग

कोरोनासँग लड्न ट्रम्पको १ लाख डलर सहयोग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोभिड–१९ कोरोनाभाइरस नियन्त्रण गर्ने प्रयासका लागि आफ्नो त्रैमासिक तलब सहयोग गरेका छन् ।

उनले १ लाख डलर तलब स्वास्थ्य र मानव सेवा विभागमा पठाएको ह्वाइट हाउसका प्रेस सेक्रेटरी स्टेफानी ग्रिसामले मंगलबार बताएका छन् ।

‘ट्रम्पले २०१९ को चौथो त्रैमासको तलब कोभिड–१९ सँग लड्नका लागि पठाएका छन्,’ ग्रिसामले ट्वीटमार्फत बताएका छन् ।

यस किसिमबाट तलब लिन नमान्ने ट्रम्प अमेरिकाका तेस्रा राष्ट्रपति हुन् । यो भन्दा पहिले हबर्ट हुभर र जोन एफ केनेडीले पनि आफ्नो तलब लिएका थिएनन् ।

यो कोरोनाभाइरसका लागि गरिएको सहयोग त्यती ठूलो भने होइन । किनकी ट्रम्पले अमेरिकी प्रयासका लागि २.५ अर्ब डलरको माग गरेका छन् ।

तर डेमोक्र्याटले सार्वजनिक रुपमा स्वीकार गरिएको ८.५ अर्ब डलरको माग गरेका छन् । शनिबारदेखि अमेरिकामा भाइरसबाट मृत्यु हुनेको संख्या ९ पुगिसकेको छ ।