४ नेपालीमा कोरोना संक्रमण भएको पुष्टि

४ नेपालीमा कोरोना संक्रमण भएको पुष्टि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – चीनको वुहानबाट फैलिएको कोरोना भाइरसबाट अहिलेसम्म चार नेपाली संक्रमित भएका छन् । कोरोनाबाट नेपालमा १ र विदेशमा ३ गरी ४ जना नेपाली संक्रमित भएका हुन् ।

सुरुमा चीनबाट फर्किएका १ नेपालीलाई ज्वरो आएपछि टेकु अस्पतालमा जाँच गराउँदा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको थियो । तर उपचारपछि उनी अहिले पूर्ण स्वस्थ भएर काममा फर्किसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै यूएईमा दुई जना र अस्ट्रेलियामा एक जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।