कोरोना भाइरस प्रकोपबारे छलफल गर्न सर्वदलीय बैठक बोलाउने तयारी

कोरोना भाइरस प्रकोपबारे छलफल गर्न सर्वदलीय बैठक बोलाउने तयारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले कोरोना भाइरसको प्रकोपबारे छलफल गर्न सर्वदलीय बैठक बोलाउने भएको छ ।

मंगलबार सिंहदरबारमा बसेको कोभिड–१९ को रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै अर्थमन्त्री युवराज खतिवडाले बैठकले आवश्यक कदम चाल्नेबारे निर्णय गर्ने बताए ।

सबै राजनीतिक दलसँग एक दुई दिनमै बैठक बस्ने तयारी भइरहेको जानकारी दिँदै मन्त्री खतिवडाले बजारमा अहिले नै अत्यावश्यक सामग्रीको अभाव नहुने बताए ।

उनले औषधिजन्य वस्तुमा भारतले लगाएको निर्यात प्रतिबन्धको सन्दर्भमा भान्सारविन्दुमा आएका वस्तुहरु पहिले छुटाउने र कूटनीतिक तवरबाट वार्ता गरेर अभाव हुन नदिने बताए ।