१०० वर्षकाे उमेरमा विवाहको भूतः कोरोनाको त्रासमा ‘प्रेम’

१०० वर्षकाे उमेरमा विवाहको भूतः कोरोनाको त्रासमा ‘प्रेम’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – बेलायतमा कोभिड–१९ त्रासका कारण संयुक्त अधिराज्य र बेलायती सरकारले ७० वर्षमाथिका मानिसलाई सेल्फ आइसोलेशनमा बस्नका लागि आग्रह गरेको छ । यो १०० वर्षीय नागरिक याभार अब्बसलाई चिन्ताको विषय भएको छ । कोरोनाभाइरसको संक्रमण रोक्ने योजनाले उनको आगामी विवाहलाई प्रभाव पार्छ भन्ने चिन्ता उनमा बढेको छ ।

अब्बास संयुक्त अधिराज्यको फिल्म निर्माता र बीबीसीका पूर्व पत्रकार पनि हुन् । उनले आफ्नो पार्टनर भारतीय अभियन्ता र लेखिका नुर जाहिरसँग विवाह गर्ने तय भएको थियो । यो विवाहको समारोह मार्च २७ मा हुने तय भएको थियो । तर कोरोनाभाइरस र यसका कारण सरकारबाट आएका निर्देशनले उनको योजना बालुवामा पानी भएको छ । संयुक्त अधिराज्यमा पुष्टि भएका बिरामीको संख्या २,००० पुगेको छ भने मृतकको संख्या १०४ पुगेको छ । बेलायती अधिकारीहरुले लकडाउन गर्ने विषयमा विमर्श गरिरहेका छन् ।

‘जब हामीले ७० भन्दा माथिकालाई सेल्फ आइसोलेटमा बस्नका लागि भनेको सुन्यौ हामीले अर्को योजना पनि छ भन्ने सोध्नका लागि बसलाई विवाह दर्ता गर्ने कार्यालयतर्फ लग्यौ,’ अब्बासले डन पत्रिकालाई बताए ।

‘तर त्यहाँ वैकल्पिक व्यवस्था थिएन र यदी आइसोलेसनको अवधि लम्बियो भने हामी विवाह गर्नका लागि असमर्थ हुन्छौं भन्ने मलाई लाग्यो । त्यसपछि हामीले तत्काल बिहे गर्यौं । उनीहरुका लागि एक मात्र उपयोगी माध्यम भनेको घन्टा भित्रै र अर्को बिहान मात्रै थियो । हामीले विवाहका साक्षीलाई बोलाउनका लागि असक्षम भयौ । त्यसैले अर्को बिहान विवाह गर्ने निर्णय गर्यौं’ विवाह दर्ता गर्ने मानिसलाई आफ्नै घरमा बोलाउने विकलप आफूमाझ नभएको उनले बताए ।