उपप्रधानमन्त्री पोखरेल र गृहमन्त्री बादलबीच भेटवार्ता

उपप्रधानमन्त्री पोखरेल र गृहमन्त्री बादलबीच भेटवार्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा ‘बादल’बीच भेटवार्त भएको छ । कोरोना (कोभिड–१९) भाइरस र यसको सम्भावित संकटको विषयमा बिहीबार उनीहरुबीच छलफल भएको हो ।

देशभर ‘लकडाउन’पछिको अवस्था र आगामी कार्ययोजनाबारे कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिका संयोजकसमेत रहेका उपप्रधानमन्त्री पोखरेल र गृहमन्त्री थापाबीच छलफल भएको हो ।

गृहमन्त्री थापाले ‘लकडाउन’पछिको देशको अवस्थाबारे उपप्रधानमन्त्री पोखरेललाई ब्रिफिङ गरेका छन् । दुई मन्त्रीबीच लकडाउनपछि कसरी अगाडि बढ्ने विषयमा छलफल भएको थियो ।

सरकारले चैत ११ गतेबाट एक हप्ताका लागि देशभर ‘लकडाउन’को गरेको छ ।