एजेन्सी – भारतमा लकडाउनको समयमा जन्मिएका जुम्ल्याहा छोरा र छोरीको नाम कोरोना र कोभिड राखिएको डेली मेलले जनाएको छ ।
यी जुम्ल्याहा डां बीआर अम्बेडकर मेमोरियल हस्पिटलमा २७ मार्चमा जन्मिएको भारतीय संचार माध्यम एनडीटीभीलाई उद्र्धृत गर्दै डेली मेलले जनाएको छ ।
छत्तीसगढका अभिभावक प्रीति र विनय बर्माले कठिन समयमा भएको जीतका लागि नाम कोरोना र कोभिड राखिएको प्रेस ट्रस्ट अफ इन्डियालाई बताए ।
‘कयौं कठिनाईको सामना गरेपछि बच्चाको जन्म भयो, त्यसैले मेरा श्रीमान र मैले उक्त दिनलाई सम्झन लायकको बनाउन चाहेउ’, पुरान्ती बासीकी वासिन्दा आमा प्रीति बर्माले भनिन्, ‘वास्तवमै भाइरस खतरनाक र जीवनलाई जोखिमयुक्त रहेको छ । तर यसले मानिसलाई अन्य राम्रा बानी सहित सरसफाइका गर्नका लागि झकझकाएको छ । त्यसैले हामीले यो नामको बारेमा सोच्यौं ।’
अस्पतालका कर्मचारीले पनि उनको छोरालाई कोरोना र छोरीलाई कोभिड भनेर बोलाए । त्यसैले उनीहरुले पनि महामारीका पछाडि यो नाम राख्ने निर्णय गरेको बर्माले बताइन् ।
यो दम्पतीको पहिलेनै २ वर्षे छोरी छन् र उनीहरुले लकडाउनको समयमा कठोर परिश्रम गरेर अस्पताल पुगेका थिए ।
हाल भारत २१ दिने लकडाउनमा चलिरहेको छ । भारत मा २३०० मानिसमा कोभिड–१९ को संक्रमण पुष्टि भइसकेको छ भने यसैका कारण ५६ जनाको मृत्यु समेत भइसकेको छ ।




प्रतिक्रिया