प्रदेश पाँचमा पहिलो पटक २ जना कोरोना संक्रमित भेटिए

प्रदेश पाँचमा पहिलो पटक २ जना कोरोना संक्रमित भेटिए

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपालमा थप दुई जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबार बाँके र रूपन्देहीमा दुई जना पुरुषमा कोरोना संक्रमण भेटिएको हो ।

रूपन्देहीका २५ वर्षीय युवक र नेपालगञ्जका ६० वर्षीय पुरुषमा कोरोनाको संक्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता डा. समिर कुमार अधिकारीले उनीहरुको स्वास्थ्य अवस्थामा सामान्य रहेको र चिकित्सकको निगरानीमा रहेको जानकारी दिए ।

प्रदेश पाँचमा पहिलो पटक कोरोना भाइरसको संक्रमण देखिएको हो । अहिलेसम्म कर्णाली प्रदेशमा भने कोरोनाका संक्रमित भेटिएका छैनन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५९ पुगेको छ । १६ जना निको भएर घर फर्किएका छन् ।