कोरोना संक्रमित र मृतकको ठेगाना खुलाउन निर्देशन

कोरोना संक्रमित र मृतकको ठेगाना खुलाउन निर्देशन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय सूचना आयोगले कोरोना भाइरस संक्रमित तथा मृतकको स्थायी र अस्थायी ठेगाना स्पष्ट खुलाउन निर्देशन दिएको छ ।

मंगलबार विज्ञप्ति सार्वजनिक गर्दै आयोगकी सदस्य एवम् प्रवक्ता कमला ओली थापाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ठेगानाले नागरिकमा भ्रम सिर्जना गरेकोले ठेगाना खुलाउन निर्देशन दिएकी हुन्।

‘मन्त्रालयबाट प्रवाह गरिने सूचनामा संक्रमित वा मृतक व्यक्तिको बारेमा उल्लेख गरिने गरिएको ठेगानाले नागरिकमा भ्रम सिर्जना गरेको विषय विभिन्न माध्यमबाट सार्वजनिक भएका छन्’, आयोगको विज्ञप्तिमा भनिएको छ, ‘तसर्थ कोरोनाबाट संक्रमित वा मृत्यु भएकाबारे सूचना सार्वजनिक गर्दा त्यसता संक्रमित वा मृत्यु भएको व्यक्तिको स्थायी ठेगाना र अहिले बसोबास गरिहरेको स्थान वा संक्रमण हुँदाको स्थान फरकफरक हुन सक्दछ र एउटा मात्र स्थानका बारेमा उल्लेख गर्दा सर्वसाधारणमा भ्रम तथा अन्यौलता भएको पाइएको छ । त्यसैले यसरी प्रवाह भइइरहेको सूचना थप स्पष्ट गराई सर्वसाधारणमा सिजर्ना भएको अन्यौल हटाउन आवश्यक देखिन्छ ।’