नेपालमा कोरोना संक्रमितको संख्या ४ सय २० पुग्यो

नेपालमा कोरोना संक्रमितको संख्या ४ सय २० पुग्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – कपिलवस्तु र रुपन्देहीमा १३ जना कोरोना संक्रमित थपिएका छन् ।

कपिलवस्तुको महाराजगञ्ज नगरपालिकामा ९ र विजयनगर ३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । त्यस्तै रुपन्देहीमा पनि एक जना कोरोना संक्रमित थपिएका छन् ।

महाराजगञ्ज नगरपालिकाका विभिन्न क्वारेन्टाइनमा रहेका २ वर्षीय र १४ वर्षीय बालकसँगै २, ३, ४, ५, १४ वर्षीय बालबालिका, २०, २८ र १६ वर्षीया महिला तथा २०, २२, ३५ र ४० वर्षीया पुरूष छन् ।

उनीहरू सबै भारतका विभिन्न स्थानबाट आई क्वारेन्टाइनमा बसेको खुलेको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ सय २० पुगेको छ ।