काठमाडौं – प्रदेश नम्बर १ मा कोरोना संक्रमितको संख्या ६६ पुगेको छ । आज मात्र झापामा ५ जना, धनकुटामा १ र धरानमा १ जनालाई कोभिड—१९ पुष्टि भए सँगै प्रदेश १ मा कोभिड—१९ पुष्टि भएको जम्मा संख्या ६६ पुगेको हो ।
त्यस्तै निको हुनेहरुको संख्या २६ पुगेको छ । त्यस्तै प्रदेश सरकारले पिसिआरबाट ३ हजार सात सय ७ जनाको परीक्षण भएको जानकारी दिएको छ । आरडीटीबाट ९ हजार ८ सय ३७ जनाको परीक्षण भएको छ ।




प्रतिक्रिया