काठमाडौं – नेपालमा थप १२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार पीसीआर परीक्षणका क्रममा वीरेन्द्रनगरका ८ र सुर्खेतकै सिम्ता र भेरी गंगा गाउँपालिकाका २र२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
प्रदेश अस्पताल सुर्खेत र पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको कर्णाली प्रदेशको स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा.लक्ष्मी नारायण तिवारीले जानकारी दिएका छन् ।
संक्रमित १२ मध्ये एक महिला र बाँकी सबै पुरुष छन् । योसँगै नेपालमा संक्रमितको संख्या ६ सय ९२ पुगेको छ ।





प्रतिक्रिया