कर्णाली प्रदेशमा थपिए एक सय नयाँ कोरोना संक्रमित, एक जनाको मृत्यु


काठमाडौं – कर्णाली प्रदेशमा एक सय जना कोरोना संक्रमित थप भएका छन् । त्यस्तै एक जना युवाको कोरोनाका कारण मृत्यु भएको छ । १८ वर्षीय युवाको कोरोनाका कारण मृत्यु भएको पुष्टी भएको हो ।

कर्णालीको सामाजिक विकास मन्त्रालयले आज एक सय जना थप भएसँगै कूल संक्रमितको संख्या ४८९ पुगेको जानकारी दियो ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणका क्रममा ९७ जना र प्रदेश अस्पताल सुर्खेतमा गरिएको परीक्षणमा ९ जना संक्रमित फेला परेका हुन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement