सुदुरपश्चिमबाट ११ जनाले जिते कोरोनाविरुद्धको लडाईं


काठमाडौं – सुदुरपश्चिम प्रदेशमा ११ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा उपचाररत ६ जना र कैलालीको टीकापुर अस्पतालबाट ५ जना कोरोना जितरे घर फर्किएका हुन् ।

कैलालीको जानकी गाउँपालिकाका दुई वडाका ५ जना कोरोना जितेर घर फर्किएका छन ।

जानकी गाउँपालिकाका वडा नं.३ का २ जना, वडा नं. ४ का २ जना र वडा नं. ७ का १ जना रहेका छन् । अस्पतालले उनीहरु सबैको पहिलो पटक जेठ १७ गते र जेठ २१ गते पुनः स्वाब परिक्षण गरेको थियो ।

उनीहरुको दुई पटक गरिएको स्वाब परिक्षणमा कोरोना रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरिएको टीकापुर अस्पतालका मेसु डा. जितेन्द्र कँडेलले बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement