न्यूजिल्याण्डमा भेटिए कोरोनाका नयाँ संक्रमित

न्यूजिल्याण्डमा भेटिए कोरोनाका नयाँ संक्रमित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – न्यूजिल्याण्डमा पुनः कोरोना भाइरसका नयाँ संक्रमित फेला परेका छन् । कोरोना महामारी नियन्त्रण गर्न सफल भएको भन्दै न्यूजिल्याण्डले गतसाता प्रतिबन्ध हटाएको थियो ।

स्वास्थ्य मन्त्रालयले २ जनामा कोरोना भाइरसको नयाँ संक्रमण फेला परेको जनाएको छ । संक्रमित दुई जना महिला ३० र ४० वर्षका छन् ।

यी दुई व्यक्तिहरूलाई मृत्यु भएका आफन्तको अन्तेष्टिमा सहभागी हुन अनुमति दिइएको थियो । दुईजना थपिएसँगै न्यूजिल्याण्डमा कोरोनाबाट संक्रमित हुनेहरूको संख्या एक हजार ५०६ पुगेको छ । हालसम्म २२ जनाको मृत्यु भएको छ ।