नेपालमा थप एक जना कोरोना संक्रमितको मृत्यु, क्षयरोगका बिरामी थिए

नेपालमा थप एक जना कोरोना संक्रमितको मृत्यु, क्षयरोगका बिरामी थिए

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुर्खेत – नेपालमा थप एक जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २४ पुगेको छ ।

कर्णाली प्रदेश अस्पतालमा उपचाररत दैलेख दुल्लु नगरपालिका ३ का ४५ वर्षे पुरुषको सोमबार राति मृत्यु भएको हो ।असार ३ गते अस्पतालको आईसियूमा उपचारका लागि भर्ना भएका उनी विगत २ महिनादेखि क्षयरोगको औषधि सेवन गर्दै आएका थिए ।

कोरोना विशेष अस्पताल, प्रदेश अस्पतालका फोकल पर्सन डा. केएन पौडेलले उनको शव सुर्खेतमै नेपाली सेनाले अन्त्येष्टि गर्ने बताएका छन् ।

त्यस्तै कैलालीमा ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धनगढी प्रयोगशालामा गरिएको परीक्षणमा गोदावरीका ४४ जनामा कोरोना पुष्टि भएको हो ।